April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

श्रम ऐनअनुसार बालविकास सहयोगीको तलब तोकिने

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १२:३४
श्रम ऐनअनुसार बालविकास सहयोगीको तलब तोकिने
  • बालविकास सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रम ऐन अनुसार हुने
  • श्रमसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम हुने गरी गर्नुपर्ने’ व्यवस्था
  • शिक्षाको व्यवस्थापन तथा सञ्चालन सहज र प्रभावकारी हुने ऐनमा उल्लेख

 काठमाडौं ।।

प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रम ऐन अनुसार हुने भएको छ । बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकले ‘सहयोगी कार्यकर्ताको पारिश्रामिक श्रमसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम हुने गरी गर्नुपर्ने’ व्यवस्था गरेको छ ।

साथै सहयोगी कार्यकर्ताको पारिश्रामिक, सेवाको शर्त तथा सुविधा स्थानीय कानुन बमोजिम हुने व्यवस्था गरिएको उल्लेख छ । स्थानीय तहले विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्ने, यस ऐन प्रारम्भ हुँदा सञ्चालनमा रहेका प्रारिम्भक बालविकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा एक भन्दा बढी नहुने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्ने व्यवस्था गरेको छ ।

यसबाट प्रारम्भिक बालविकास शिक्षाको व्यवस्थापन तथा सञ्चालन सहज र प्रभावकारी हुने ऐनमा उल्लेख छ । तर प्रारम्भिक बालविकास सहजकर्ताहरुको छाता संगठन बालविकास शिक्षक केन्द्रीय समितिले भने प्रावि तहको शिक्षक सरह तलब हुनुपर्ने, सेवा सुविधा हुनुपर्ने माग राख्दै विभिन्न आन्दोलन गर्दै आइरहेको छ ।

समितिको अनुसार अहिले ३६ हजार ५९३ जना बालविकास सहजकर्ता छन् । जसमा करिब एक प्रतिशत मात्रै पुरुष सहजकर्ता छन् । विकट जिल्लाका स्थानीय तहमा मात्रै पुरुष सहजकर्ता पनि छन् ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक अनुसार देशभर अहिले ३६ हजार ७१२ बालविकास केन्द्रहरु छन् । ती मध्ये ६ हजार ५ सय संस्थागत विद्यालय अन्तर्गतका बालविकास केन्द्र हुन् ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।