sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:४७
गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन
  • गाजामा युद्धविराम हुँदा हमासलाई सहयोग पुग्ने
  • थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने
  • गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने

काठमाडौं ।।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमासलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् । जोर्डनको राजधानी अम्मानमा त्यहाँका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले हमास आन्दोलनविरुद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारका निम्ति अमेरिकाको समर्थन र प्यालेस्टाइनी नागरिकको सुरक्षाको आवश्यकतामा जोड दिए । इजरायल-हमास द्वन्द्वमा कुनै पनि थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने उनले बताए ।

जोर्डनका विदेशमन्त्री सफादीले गाजामा तत्काल युद्धविराम र मानवीय सहायता पुर्‍याउन आवश्यक रहेको बताए । उनले गाजामा जारी इजरायली आक्रमणलाई आत्मरक्षाका रूपमा वर्णन गर्न अस्वीकार गरे । उनले प्यालेस्टाइनीलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्दै पश्चिम किनारको अवस्थाका बारेमा चिन्ता व्यक्त गरे ।

इजिप्टका विदेशमन्त्री समेह शौकरीले गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने भन्दै बिनासर्त गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरे । उनले इजरायललाई मानवीय सहायताको प्रवेशमा अवरोध नगर्न र घेरामा परेको एन्क्लेभमा सुरक्षित र द्रुत वितरण सुनिश्चित गर्न आग्रह गरे । जोर्डनले शनिबार अम्मानमा ब्लिन्केन र पाँच अरब देशका विदेशमन्त्रीहरू तथा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिवसित छलफल गरिएको थियो ।

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid