काठमाडौं ।।
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ । सामाजिक सञ्जालमा प्रसाईंले प्रमाणबिना बोलेको विषयलाई लिएर प्रहरीको साइबर ब्युरो उनीसँग सोधपुछ गरेको हो । ब्युरोले उनलाई कार्यालयमै बोलाएर सोधपुछ गरेको हो । सामाजिक सञ्जालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्युरोमा उजुरी दर्ता भको थियो ।