April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
आइतबारसम्म नेपालमा मेटा दर्ता हुन नआए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो 

निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १0:१६
निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

बिहान ३ देखि ६ बजेसम्मको समयमा धेरैजसो मुटुरोगका बिरामीलाई हृदयघात हुने जोखिम उच्च हुन्छ । बिहानको समयमा हाम्रो शरीरमा तनाव हार्मोन र कर्टिसोल हर्मोनको स्तर बढी हुन्छ, जसले हृदयघात हुने सम्भावना अन्य समयमा भन्दा बढी हुन्छ ।

केहीमा चेत अवस्थामै हृदयघात हुन्छ भने कतिपयलाई सुतिरहेको अवस्थामा हृदयघात हुन सक्छ । जसलाई ‘साइलेन्ट हार्ट अट्याक’ भनिन्छ ।

सामान्य व्यक्तिभन्दा उमेर बढी भएका र मधुमेहका बिरामीलाई ज्यादा साइलेन्ट हार्ट अट्याकको जोखिम बढी हुन्छ । नदुख्ने खालको हृदयघात हुँदा वरपर भएको व्यक्तिलाई थाहा हुँदैन र तत्काल मृत्युको जोखिम हुन सक्छ ।

सुत्नुअघि रक्तचाप बढेको, अत्यधिक तनाव, उच्च रक्तचाप र मधुमेहको औषधि छुटेको अवस्थामा पनि सुतेको अवस्थामा हृदयघात हुन सक्ने सम्भावना बढी हुन्छ । त्यस्तै, अत्यधिक मदिरा पिउँदा मुटुको चाल तीव्र बढाउनुका साथै अक्सिजनको माग बढी हुन्छ, जसकारण पनि हृदयघातको जोखिम बढी हुन्छ ।

हृदयघातअघि देखिने लक्षण

सुतिरहेको अवस्थामा हुने हृदयघातमा कुनै संकेत देखिंदैन । तर चेत अवस्थामा भने छातीमा भारीपन, छाती दुख्ने, देब्रे हात र पाखुरा दुख्ने, मुटुको धड्कन बढ्ने, उभिन गाह्रो हुने, चक्कर लाग्ने, एक्कासि कमजोर महसुस हुँदै मृत्युको भय हुने, एक्कासि पसिना आउने, वाकवाकी लाग्ने जस्ता विभिन्न लक्षण देखिन सक्छ । यी सबै लक्षण सबैमा नदेखिन पनि सक्छ ।

खासगरी कुन समयमा हृदयघात हुन सक्छ ?

बिहानको समयमा हृदयघातको जोखिम बढी हुन्छ । बिहानको समयमा तनावको हार्मोन बढी हुन्छ, जसले मुटुमा दवाब पर्न सक्ने कारणले बिहान बढी जोखिम हुन्छ । त्यसैले प्रेसर नाप्दा पनि राति र बिहान गरी २४ घण्टाको नै हेर्ने गरिन्छ । २४ घण्टाको रक्तचाप हेर्दा रातिको बढी र बिहानको पनि बढी छ भने हृदयघात हुने जोखिम हुन्छ । सामान्यतया राति प्रेसर कम हुनुपर्छ । यदि रातको प्रेसर घटिरहेको छैन भने बिहानपख हृदयघातको जोखिम बढी हुन्छ ।

शौचालयमा हृदयघातको जोखिम

बिहान उठ्दा पिसाब च्यापिरहेको हुन्छ । हतारिएर जुरुक्क उठ्ने बित्तिकै शौचालय जाँदा प्रेसर ड्रप हुन सक्छ, जसले कतिपयमा हृदयघातको जोखिम हुन सक्छ । त्यस्तै, शौचालय जाँदा दिसा गर्न बल लगाउँदा मुटुको धमनीमा थप दबाब हुन्छ । यसले हृदयघात वा ‘कार्डियक अरेस्ट’ हुन सक्छ ।

हृदयघात भएमा के गर्ने त ?

हृदयघातको कुनै निश्चित समय हुँदैन । जहाँ पनि जहिले पनि हृदयघात हुन सक्छ । त्यसैले यस्तो कुरामा पूर्व सचेतना जरुरी छ । दीर्घरोगीले एसप्रिन नामक औषधि बोकेर हिंड्नु उचित हुन्छ । यस्तो औषधि घरमा पनि किनेर राख्न सकिन्छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका रोगीले यसमा धेरै सतर्कता अपनाउनुपर्छ । यदि छातीमा अचानक असहज भयो, भारीपन महसुस भयो र हृदयघातको शंका लाग्नासाथ यो औषधि चपाउनुपर्छ ।

हृदयघातको शंका लाग्नासाथ आराम गर्नुपर्छ । हृदयघात हुने समयमा शरीरले बढी नै अक्सिजन माग गर्छ । त्यसैले शरीरलाई अक्सिजन बढी चाहिने भएकाले काम नगरी शान्त भएर बस्नुपर्छ ।

मुटुलाई स्वस्थ राख्ने उपाय

दीर्घरोग पनि मुटुरोगको जोखिमको कारक मानिन्छ, त्यसैले दीर्घरोग भएकाले यसको नियन्त्रण गर्दा मुटुरोगको जोखिम कम हुन्छ । त्यस्तै, नुन अत्यधिक र चिल्लो नखाने, दैनिक व्यायाम, तनाव व्यवस्थापन नगर्ने, मोटोपन हुन नदिने, कुनै काममा हतार नगर्ने, धुम्रपान र मद्यपान नगर्ने जस्ता जीवनशैली अपनाएको खण्डमा मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

(लेखक डा. कमल लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनी ओम अस्पतालमा कार्यरत छन् ।)  साभार अनलाइनखबर

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट