बनेपा ।
बनेपा नगरपालिकाले लम्पी स्किन रोगबाट मृत्यु गाईहरूको प्रति गाई १० हजारको दरले राहत वितरण सुरु गरेको छ । हिजो बनेपामा एक कार्यक्रमका बिच नगरपालिकाले वडा नम्बर ५ का किसानलाई राहत रकम हस्तान्तरण गरेको छ । सो बितरण कार्यक्रमको प्रमुख अतिथि बनेपा नगर मेयर शान्तिरत्न शाक्य, विशेष अतिथि बनेपा नगरपालिकाका उपमेयर विमला सापकोटा दाहाल बनेपा नगरका प्रमुख कार्यकारी अधिकृत भोला चापागाई, बनेपा वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले पीडित किसानलाई सयुक्तरूपमा किसानलाई हस्तान्तरण गर्नु भएको थियो । रोगको प्रकोपबाट भएको क्षतिलाईलाई राहत स्वरुप आफुहरुले किसानहरुलाई सहयोग गरेको नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनुभयो ।