February 25, 2024 | आइतवार, फाल्गुन १३, २०८०
सुचनाहरु
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित झापामा लागुऔषसहित २ जना पक्राउ क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग वडावासीलाई चितवन मेडिकल कलेजको उपचारमा ५० प्रतिशत छुट सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा बढ्दो कोरिया क्रेज श्रम मन्त्रालयको पुनर्संरचना सुरु अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए अमेरिकामा नायिका रेखा थापाले जन्माइन् छोरी गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सुनको मूल्य घट्यो सात महिनामा ८ अर्बको चिया र कफी निर्यात बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ : राजेन्द्र लिङ्देन नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ ‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:५२
आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई संस्कारी बनाएको हुन्छ ।

आज आइतबार । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ ।

मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।

कुनै पनि शुभ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्र अनुसार आइतबार के के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा यहाँ प्रस्तुत गरिएको छ ।

आइतबारका दिन राज्याभिषेक गर्ने, मन्त्र–उपदेश गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, औषधी निर्माण गर्ने, गाईगोरु किनबेच गर्ने, हवन गर्नाले लाभ हुने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रानुसार आइतबारका दिन सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्नु उपयुक्त मानिन्छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।