April 5, 2025 | शनिबार, चैत्र २३, २०८१
सुचनाहरु
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा

नेपाल–भारत सीमा सुरक्षा ‘समन्वय बैठक’ दिल्लीमा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:११
नेपाल–भारत सीमा सुरक्षा ‘समन्वय बैठक’ दिल्लीमा

काठमाडौँ । भारतको नयाँ दिल्लीमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सुरु भएको छ । बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले नेतृत्व गरेका छन् । भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले नेतृत्व गरेकी छन् ।

भारतको सशस्त्र सीमा बल (एसएसबी)ले आयोजना गरेको बैठकमा नेपालको तर्फबाट आईजीपी राजु अर्याल, सशस्त्रका एआईजी नारायणदत्त पौडेल, सशस्त्र प्रहरीका डीआईजी शम्भु सुवेदी, नेपाल प्रहरीका डीआईजी विकाश राज खनाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी, गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारी, भारतस्थित नेपाली राजदूतावासका परराष्ट्र मन्त्रालयका प्रतिनिधि र सशस्त्र प्रहरीका निरीक्षक सुरज पौडेल सहभागी छन् । सोमबार सुरु भएको बैठक कार्तिक २२ सम्म चल्नेछ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट