May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

भूकम्पले १३ हजार बढी घरमा क्षति, ३ हजार ७३ पूर्ण सखाप

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १६:१४
भूकम्पले १३ हजार बढी घरमा क्षति, ३ हजार ७३ पूर्ण सखाप
  • भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति
  • क्षतिको विवरण संकलन गर्ने कार्य जारी
  • चार हजार ७६० घरमा सामान्य क्षति

काठमाडौं ।।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ । ६.४ म्याग्निच्युडको भूकम्पले सबैभन्दा बढी जाजरकोट र रुकुम (पश्चिम) का घरमा क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेकाले यो संख्या अझ बढ्ने देखिन्छ । गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट बाह्रखरीलाई प्राप्त प्रारम्भिक विवरणअनुसार भूकम्पले तीन हजार ७३ घरमा पूर्ण, पाँच हजार ५९५ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको छ ।

रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार भूकम्पले रुकुम पश्चिममा मात्र ९ हजार ५३८ घरमा क्षति गरेको छ । यो आइतबार रातिसम्म प्राप्त विवरण हो । रुकुम पश्चिममा भूकम्पले दुई हजार १३६ घरमा पूर्ण, दुई हजार ६४२ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको उनले बताए ।  “भूकम्पले क्षति गरेको विवरण संकलन गर्ने कार्य जारी छ । स्थानीय तहबाट विवरण आइरहेका छन् । क्षति भएका घरको संख्या अझै बढ्छ,” सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले भने ।

 गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट जिल्लामा ९०५ घर पूर्ण र दुई हजार ६८५ घरमा आंशिक क्षति गरेको छ । प्राप्त विवरणअनुार भूकम्पले रुकुम पूर्वका ११८ घरमा आंशिक र पाँच घरमा पूर्ण क्षति गरेको छ । सल्यानका ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति गरेको छ । यस्तै, रोल्पाका १७ घर, नवलपरासी पूर्वको एकमा आंशिक क्षति गरेको छ । दैलेखका एक घरमा आंशिक र एक घरमा पूर्ण, दाङका ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण र प्युठानका २९ घरमा भूकम्पले आंशिक क्षति गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।