काठमाडौं ।।
नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा सहभागि थिए ।