May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

प्रमाण पत्रमा कैफियत नपाइएपछि रञ्जिनकुमार यादव थुनामुक्त

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० ११:१२
प्रमाण पत्रमा कैफियत नपाइएपछि रञ्जिनकुमार यादव थुनामुक्त
  • प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि रञ्जिनकुमार यादव थुनामुक्त
  • पक्राउ गरेका अर्का एक डाक्टर छुटे 
  • यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा

काठमाडौं ।।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका अर्का एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।

नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका-८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएका हुन् ।

सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो । ‘तर नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि छाडेका छौं’, उनले भने, ‘यस विषयमा विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौं ।’

कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन । अरुलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो । यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।

 

  • साझा परिवेश
  • सोमवार, साउन २९, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।