May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

गर्भवती रेखा भन्छिन्, ‘अप्रत्याशित उपहार आएको हो’

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १२:00
गर्भवती रेखा भन्छिन्, ‘अप्रत्याशित उपहार आएको हो’

अभिनेत्री रेखा थापाका लागि यो वर्ष विशेष छ । यसको दुईटा कारण छ । पहिलो, उनी अभिनीत फिल्म ‘उपहार’ महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । दोस्रो, फिल्म रिलिजको बेला उनी आमा भैसकेकी हुनेछिन् । पाँच महिनाको गर्भवती रहेको समयमा उनले फिल्ममा काम गरेकी थिइन् । यसैले छायांकन भ्याउन निर्माण टिममा राम्रै हतारो थियो ।

खासमा उनी फिल्मको छायांकन नभ्याउँदासम्म गर्भवती हुने सोचमा थिइनन् । त्यसैले रेखाले फिल्मका लागि ‘जिरो फिगर’ बनाउन जिम धाइरहेकी थिइन् । तर, गर्भवती भएपछि फिल्ममा आफूलाई ‘स्लिम’ देखाउने उनको इच्छा अधुरै रह्यो । र, फिल्ममा कसरी काम गर्ने भन्ने ठूलो चुनौती उनमा थियो । यद्यपि, उनले आँट गरेर फिल्ममा एक्सनसम्म गरिन् । जुन धेरैका लागि प्रेरणा बन्नसक्छ ।

फिल्मको ‘वाह् वाह् वाह्’ गीत रिलिजमा उनले भनेकी थिइन्, ‘मैले कविराज गहतराज (कोरियोग्राफर)लाई पहिलाको जस्तो लड्का झट्कावाला डान्स स्टेप नदेऊ भनेकी थिएँ । तर, मलाई फिल्ममा कस्तो नाच्न मन थियो । त्यसैका लागि २५ कम्मर पनि बनाएकी थिएँ मैले । पूजा शर्मा र म सँगै जिममा आउँथ्यौं । यस्तो राम्रो शरीर बनाउँदा बनाउँदै अप्रत्याशित उपहार आएको हो मेरो चाहिँ ।’

छायांकनमा आफूलाई प्राविधिकदेखि छायाँकारसम्मले एकदमै सहज वातावरण सृजना गरिदिएकोमा उनी कृतज्ञ देखिइन् । यद्यपि, छायांकनको बेला आफ्नो एकदमै ‘मूड स्विङ’ भएको उनको अनुुभव छ । रेखाले ‘उपहार’बाट करिब ५ वर्षपछि कमब्याक गरेकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा सक्रियता बढेपछि उनी फिल्म ‘मालिका’पछि अभिनयमा निस्क्रियझैँ देखिएकी थिइन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।