April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

राष्ट्रपतिको उपचार खर्च बहस : गगन थापाको अभिव्यक्तिमा सचिवालयको प्रष्टीकरण

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १0:३६
राष्ट्रपतिको उपचार खर्च बहस : गगन थापाको अभिव्यक्तिमा सचिवालयको प्रष्टीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भइ उपचार गराउन भारतको नयाँ दिल्ली गएपछि विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सम्बन्धी उपलब्ध हुने सेवा सुविधाबारे बहस सतहमा आएको छ।

अहिले पनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा वहसको विषय बनिरहेको छ। अर्कोतर्फ नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले एक सार्वजनिक कार्यक्रममा राष्ट्रपतिले दिल्लीमा भएको स्वास्थ्य उपचारको खर्च आफैँले तिर्छु भन्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि यो वहसमा राजनैतिक रंग पनि मिसिएको छ।

यस प्रसंगमा राष्ट्रपतिले एक विज्ञप्ती जारी गर्दै उपचार खर्च आफैँले तिर्न चाहेको बताएपछि वहस झनै पेचिलो बनेको छ। यसै सन्दर्भमा हामीले सांसद गगनकुमार थापाका विज्ञ सल्लाहकार प्रताप पौडेलले यसबारेमा प्रष्टीकरण दिएका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा थापाका सल्लाहकार पौडेलले सांसद थापाले विशिष्ट व्यक्तिको स्वास्थ्य उपचार सेवा, सुविधाबारे जनस्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था भन्दा बाहिर कोही पनि जान नहुने भन्दै राष्ट्रपतिले आफ्नो स्वास्थ्य उपचारमा लागेको खर्च स्वयंले तिर्नुपर्छ भनेको जानकारी दिएको बताएको जनाएका हुन्।

उनले विशिष्ट व्यक्तिले सामान्य उपचारदेखि जटिल उपचारसम्म राज्य कोषबाट सुविधा पाउने र गरिव निमुखा उपचार नै नपाइ मर्नुपर्ने भेदभाव गर्नु नहुने भन्दै विद्यमान ऐन सबैले मान्नुपर्ने विचार सांसद गगनकुमार थापाको रहेको बताए।

जनस्वास्थ्य ऐन २०७५ को दफा ३० मा वैदेशिक उपचारबापत खर्च उपलब्ध नहुने व्यवस्था गरेको र राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा ऐन २०७४ को दफा ९ मा नेपालमा उपचार हुन नसक्ने भए मेडिकल बोर्डको सिफारिसमा मात्र विदेशमा गएर उपचार गराउन सकिने र त्यसको खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था रहेकाले वर्तमान राष्ट्रपतिको स्वास्थ्य उपचारको हकमा यी सबै प्रक्रिया पूरा नभएकाले उपचार खर्च आफैँ व्यहोर्नु राम्रो हुने भन्दै सार्वजनिक अपिल गरेको सांसद थापाको सचिवालयले स्पष्ट पारेको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।