April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

आरती साह मृत्यु अनुसन्धानका लागि धनुषाका एसपी खड्का हेडक्वार्टर खटिए

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १२:२४
आरती साह मृत्यु अनुसन्धानका लागि धनुषाका एसपी खड्का हेडक्वार्टर खटिए
  • प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का केन्द्रीय कार्यालयमा तानिए
  • प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा खटिए  
  • प्रहरीले सुरुआती चरणमा कमजोरी गरेको भन्दै कारबाहीको माग

काठमाडौं ।।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का केन्द्रीय कार्यालयमा तानिएका छन् । धनुषाकी २२ वर्षीया आरती साह मृत्यु प्रकरणको अनुसन्धानमा कमजोरी गरेको भन्दै विवादमा रहेका एसपी खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयमा तानिएको हो । उनलाई धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा तानिएको छ । उनको काज सरुवा गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी कुवेर कडायतले जानकारी दिए ।

डीआईजी कडायतले भने, “एसपी खड्काको हिजो (सोमबार) काज सरुवा भएको हो । उनको ठाउँमा अर्को एसपी पठाउने तयारी प्रधान कार्यालयको छ ।” प्रहरीले सुरुआती चरणमा कमजोरी गरेको भन्दै आरतीका आफन्त एसपी खड्कामाथि कारबाहीको मागसहित माइतीघरमा धर्नामा बसेका छन् । गएको जेठ ६ गते आरतीको मृत्यु भएको थियो । आरतीकी आमा निर्मलादेवीले एसपी खड्कासहित डीएसपी वेदप्रसाद गौतम, सई जयप्रकाश साह र प्रहरी जवान हनुमान राईको फोटो नै पोस्टरमा राखेर धर्नामा बसेकी हुन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।