May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बाढीले बिगारेको कागबेनीलाई गृहमन्त्री श्रेष्ठले सुव्यवस्थित बनाउने

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १३:0४
बाढीले बिगारेको कागबेनीलाई गृहमन्त्री श्रेष्ठले सुव्यवस्थित बनाउने
  • मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले क्षति पुर्‍यायो 
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठ कागबेनी अवलोकनमा 
  • क्षतिग्रस्त संरचनाको दीर्घकालीन रुपमा पुनर्निर्माण गरिने

काठमाडौं ।।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेका छन् । अवलोकनपछि उनले तत्कालको राहत बढाउने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए ।

गत साउन २८ गते काग खोलामा आएको बाढीले कागबेनीका घर, पुल, सडक, व्यापारीक संरचना, होटल, विद्यालय, प्रहरी चौकी, बैंक, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानीका पाइप लगायतमा क्षति पुर्‍याएको थियो । बाढीको पूर्वसूचना पाएकाले मानवीय क्षति भने भएको थिएन ।

क्षतिको अवलोकनपछि मन्त्री श्रेष्ठले बाढी पीडित, स्थानीय जनप्रतिनिधि र राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै क्षतिग्रस्त संरचनाको दीर्घकालीन रुपमा पुनर्निर्माण गरिने बताए ।

तत्कालीन प्राथमिक आवश्यकलाई पूरा गर्दै प्राविधिक र योजनाविदको सुझाव अनुसार कागबेनीको पुनर्निर्माण गरिने उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन समेत दिए ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आजै पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुसँग समेत मुस्ताङमा संक्षिप्त भेटघाट गरेका थिए ।

भ्रष्टाचार र अपराधका शृखंला नियन्त्रण गर्दै सामाजिक न्यायमा आधारित गुणात्मक आर्थिक विकासको ध्येय पूरा गर्न माओवादी केन्द्र नै बलियो हुनुको विकल्प नभएको भन्दै उनले जनतासँगको सम्बन्ध बलियो हुनसक्दा मात्रै पार्टी बलियो हुने कुरालाई आत्मसात गर्न आह्वान गरे ।

पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामा समेत उत्साह पैदा गरेको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।