काठमाडौं ।।
बुद्ध एयरले एक हजार ५४८ किलो राहत सामग्री निःशुल्क ढुवानी गरेको जनाएको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री निःशुल्क ढुवानी गरेको हो । बुद्ध एयरले काठमाडौंबाट नेपालगञ्ज ६५२ किलो र सुर्खेततर्फ ८९६ किलोको राहत सामाग्री निःशुल्क ढुवानी गरेको जनाएको छ । यसअघि बुद्धले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड सहयोग गरेको थियो ।