July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:४३
उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ
  • अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको अवस्था 
  • मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने
  • ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने

काठमाडौं ।।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारणसभामा उनले बैंकिङकै कारण अरू क्षेत्र मैलाएको भए पनि अपेक्षाअनुसारको रोजगारी र उत्पादन वृद्धि नभएको उल्लेख गरे ।

“बैंक तथा वित्तीय संस्थामा अहिले ६० खर्ब डिपोजिट छ । ५० खर्ब लगानी छ । बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको हैन, तर अपेक्षाअनुसार भएन,” उनले भने, “उत्पादन र रोजगारीमा वृद्धि भए बैंकहरूलाई नै फाइदा हुन्छ । बैंकहरूले घरजग्गामा बढी लगानी गर्दा धनी झन् धनी बन्दै गए । व्यवसाय गर्न चाहनेहरूले घरजग्गा नहुँदा लोन नपाउने अवस्था आयो ।”

मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने अवस्था रहेको उनले बताए । देशको मुद्रास्फीस्तिभन्दा कम ब्याजदर भए समस्या हुने उनको भनाइ छ । ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने उनले औँल्याए ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्