May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मिर्गौलाले काम गर्न छाडेपछि इटहरीका पत्रकार दियाली भावबिह्वल

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:५५
मिर्गौलाले काम गर्न छाडेपछि इटहरीका पत्रकार दियाली भावबिह्वल
  • पत्रकार पिबी दियालीद्वारा उपचारमा सहयोगको निम्ति याचना गर्दै 
  • सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको निम्ति अनुरोध
  • दियालीको दुवै मिर्गौलाले काम गर्न छोड्यो 

इटहरी ।।

इटहरीका पत्रकार पिबी दियालीले उपचारमा सहयोगको निम्ति याचना गरेका छन् । दुवै मिर्गौला काम नलाग्ने भएपछि उनले थप उपचारको निम्ति सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको निम्ति अनुरोध गरेका हुन् । पछिल्लो २९ वर्षदेखि इटहरीमा सक्रिय व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकार दियाली विश्वकर्माले आफनो दुवै मिर्गौलाले काम गर्न छाडेको बताए । थप उपचारको निम्ति आर्थिक हैसियत नभएकाले सहयोगको निम्ति अनुरोध गर्न बाध्य भएको उनको भनाई छ । उनले थप उपचारको निम्ति पत्रकार महासंघ र महासंघका प्रदेश समितिलाई अनुरोध गरिसकेका छन् । उनी उच्च रक्तचाप र मधुमेहकासमेत बिरामी हुन् ।

लामो समय उच्च रक्तचाप र मधुमेहको कडा औषधि सेवन गरेका कारण मिर्गौला खराब भएको हुनसक्ने उनको भनाई छ । ४८ वर्षे दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादक हुन् । उनले लामो समय धरानबाट प्रकाशित ब्लााष्ट दैनिकमा पत्रकारिता गरेका थिए । विगतमा ईटहरीमा गणराज्य दैनिक पनि प्रकाशन गरेका थिए ।  संकटकालको समयमा तीन महिना प्रहरी हिरासतमा परेका उनलाई ३३५ दिन नजरबन्दमा  राखिएको थियो । दियाली नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजकको जिम्मेवारीमा छन् । उनी नेपाल दलित पत्रकार संघ र  समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य पनि हुन । सम्पत्तिको नाममा इटहरीमा एउटा सानो घर रहेका उनका श्रीमती र एक छोरा छन् । श्रीमती चिया नास्ता पसल सञ्चालन गर्छिन् ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।