May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कांग्रेसले पठायो २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:३0
कांग्रेसले पठायो २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा
  • कांग्रेसले २ महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पठायो 
  • प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिने
  • पार्टीले ५० लाख रुपैयाँ सहयोग पनि गर्यो 

काठमाडौं ।।

नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । बुधबार विहान भूकम्प प्रभावित क्षेत्रतर्फ गएका दुई महामन्त्रीले कमजोरीको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ । ‘७ बुँदे कार्य’ मा केन्द्रीत रहने दुई महामन्त्रीले ‘एकद्वार प्रणाली’ अनुसार तिन तहका सरकार र संघ संस्थाको नभएको भए पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने कांग्रेसले जनाएको छ । उद्धार र राहत क्रममा कांग्रेसको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी दुई महामन्त्रीले जानकारी लिनेछन् ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउने कांग्रेसले जानकारी गराएको छ ।उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन कांग्रेसले गरेको छ । सरकारको राहत कोषमा पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । सांसदको आधा महिनाको पारिश्रमिक पनि कांग्रेसले राहत कोषमा जम्मा गर्न घोषणा गरेको छ । केही सांसदले व्यक्तिगत रुपमा छुट्टै सहयोग गरेका छन् । नेविसंघ, तरुण लगायतका भ्रातृ संस्थाले पनि राहत कोषमा सहयोग गर्ने गरि आर्थिक संकलन गरेका छन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।