sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४९
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ ।

जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै उत्तर कोरियाबाट रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।”

युक्रेनसँगको युद्धमा प्रयोग गर्नका लागि उत्तर कोरियाले रुसलाई १० लाखभन्दा बढी तोप प्रदान गरेको र त्यसको बदलामा प्योङयाङले स्याटेलाइट प्रविधिमा सल्लाह लिइरहेको देखिएको सोलको जासुसी एजेन्सीलाई उद्धृत गर्दै दक्षिण कोरियाका एक सांसदले यसै महिनाको सुरुमा बताएका थिए ।

दुवै देशका नेताहरू किम जोङ उन र भ्लादिमिर पुटिनले सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा एउटा उच्चस्तरको शिखर सम्मेलन आयोजना गर्नुभएको थियो । त्यसपछि प्योङयाङले मस्कोलाई हतियार प्रदान गर्न सुरु गरेको वासिङ्टनले दावी गरेको थियो ।

आक्रामक हुँदै गएको चीनसँग कसरी राम्रो तरिकाले संलग्न हुन सकिन्छ भन्नेबारे पनि जी–७ को बैठकमा चर्चा भएको थियो । “विश्वव्यापी चुनौतीहरूका साथै साझा चासोका क्षेत्रमा चीनसँग मिलेर काम गर्ने आवश्यक्तालाई स्वीकार गर्दै विदेशमन्त्रीहरूले चीनसँग स्पष्टरूपमा संलग्न हुने र हाम्रा चासोहरूलाई सिधै व्यक्त गर्ने महत्वलाई एक पटक पुनः पुष्टि गर्नुभएको छ”, जापानले भनेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid