सुदन किराती
दुखको मार्ग ओ ! यात्री
घुम्दैछौ कहाँ फनफनी
सारा जगतमा छ एउटै
शान्तिको केन्द्र लुम्बिनी
लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी !
दया करुणा फूलेको
वोधी छायाँको बोटमुनी
त्यही छायाँ झैँ पवित्र
वुद्द जन्मेको यो भूमी
लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी !
बुद्धको सन्देश वोधी ज्ञान
मान्छे-मान्छे र चराचर
शान्तिको चीर भूमिमा
सारा जीवात्मा बराबर
लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी !