April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:३५
मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन

म्याग्दी । मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो।

धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे परम्पराले ल्याएका उथलपुथल देखाइएको छ।
धौलागिरी भेगमा प्रचलित झर्रा भाषा(आञ्चलिकता) प्रयोग गरी लेखिएको उपन्यासले पाठकलाई त्यहाँको जनजीवन बुझ्न सघाउने विश्वास लिएको लेखक पुनले बताउनुभयाे। “उपन्यास पढेर धौलागिरीको जनजीवन बुझ्न सघाउ पुग्ने छ भन्ने विश्वास लिएको छु। धौलासिरी पहिला बुढापुकाले भन्ने गरेको रैथाने नाम अहिले धौलागिरी भएको छ। धौलागिरीबारे अरू थुप्रो कुराहरू बुझ्न किताबले सघाउने अपेक्षा लिएको छु,” उहाँले भन्नुभयाे, “अरू कुरा त पाठकहरूले किताब पढीसकेपछि प्रतिक्रिया दिनुहुनेनै छ।”
किताब बुलबुल प्रब्लिेकेशन प्रालीले प्रकाशन गरेको हो। पुनका यो बाहेक दर्जन बढी गैरआख्यान किताब प्रकाशित छन्। किताब लेखन सँगसँगै मगर फिल्म निर्माण, लेखन र निर्देशनमा पनि पुन सक्रिय हुनुहुन्छ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।