April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:४१
श्रीमतीको हत्या गरेर खाल्डोमा पुर्ने श्रीमान् पाँच महिनापछि पक्राउ

काठमाडौं– प्रहरीले शंखरापुर नगरपालिका–१ घर भएका ३३ वर्षीय लालु विकलाई पत्नीको हत्या गरी खाल्डोमा पुरेको आरोपमा पाँच महिनापछि पक्राउ गरेको छ।

लालुले २८ वर्षीया पत्नी गोपी विकलाई हत्या गरेर गत २३ जेठमा नाङ्लेभारेस्थित प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएकोसमेत खुलेको छ।

विकले पुनः १० असारमा प्रहरी प्रभाग साँखुमा अर्को निवेदन दिएका थिए। तर, पत्नी खोज्न निवेदन दिने लालु पाँच महिनापछि तिनै पत्नीको हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए।

लालुले १९ जेठ बिहान ६ बजे सामान्य घरायसी विवादमा पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको उनको भनाइ छ। विकले हत्यापछि बोरा डबल बनाएर पत्नीको शव खाल्डोमा पुरेको बयान दिएको एसपी ढुंगेलले जानकारी दिए।

देउराली सामुदायिक वनमा गोल पोल्ने गरेका विकले खाल्डोमा शव पुरेको बयान दिएपछि प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टिमले शव उत्खनन गरेको छ। सामुदायिक वनमा ५ फिट गहिरो ठाउँबाट बोरामा प्याक गरेको अवस्थामा सडेगलेको शव उत्खनन गरिएको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट