May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

सबै शीर्ष नेताहरु शिक्षण अस्पतालमा

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:४९
सबै शीर्ष नेताहरु शिक्षण अस्पतालमा
  • शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगे
  • राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा 
  • राति १ः५० बजे अस्पतालमा नै नेम्वाङको निधन भएको घोषणा

काठमाडौं ।।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु पनि अस्पतालमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा छन् ।

चिकित्सकहरुका अनुसार, नेम्वाङ बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारले अस्पताल लगेका थिए । राति १ः५० बजे अस्पतालमा पुर्‍याइएपनि चिकित्सकहरुले त्यसअघि नै उनको निधन भइसकेको घोषणा गरेका थिए ।

नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि केहिवेरपछि एमाले पार्टी कार्यालय च्यासल लगिँदैछ । भोलि (बुधबार) सम्म उनको शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।