April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५0
अम्बिका र शंकरको ‘भाव’ र ‘अनुपमयात्रा’ सार्वजनिक

काठमाण्डौं ।

गीतकार अम्बिका गुरुङको एकलशब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह‘भाव’ र ‘अनुपमयात्रा’बिमोचनगरिएको छ ।

राजधानीमाआयोजित एक समारोहका बिच दुई एल्वमएकसाथबिमोचनगरिएको हो । प्रमुखअतिथी संगीततथानाट्य प्रज्ञाप्रतिष्ठानकापूर्व उपकुलपति, प्रतिष्ठित संगीतकार शम्भुजितबासकोटा, बिशिष्ठअतिथीहरुसंगीतउद्योग संघ, नेपालकाअध्यक्ष सूर्य बहादुर मगर, गीतकार संघ नेपालकाअध्यक्षबसन्तबित्यासीथापा, संगीतकार संघ नेपालकाउपाध्यक्षअष्टलामा, एल्मबमाश्रष्टाद्वयगीतकार गुरुङ र संगीतकार थापा, राष्ट्रियलोक सांस्कृतिक संघ नेपालकामहासचिव योगेन्द्र उपाध्याय, पीम नेपालकाअध्यक्षमाधव राज खरेललगायतले संयुक्त रुपमाबिमोचन गरेका हुन् ।

बिमोचन समारोहमाबोल्दै प्रमुखअतिथीबासकोटाले संगीतकार थापा नेपालीगीतसंगीतको स्टार संगीतकार भएको बताए । उनले उत्कृष्ट संगीतसृजनामार्फत स्रोताहरुको मन जितेर नेपाली संगीतमाएकछत्र राजगरिरेको भन्दै उनको प्रसंसा गरेका छन् । यस्तै गीतकार गुरुङलाई त्यागीगीतकारको उपमादिदै बासकोटाले उनका सृजनाले नेपालीसंगीतलाई निरन्तर रुपमा सिंचितगरिरहेको बताए । यस्तै संगीतउद्योग संघ, नेपालकाअध्यक्ष सूर्य बहादुर मगरले संगीतकार थापामा हरेक गीतलाई उत्कृष्टबनाउन सक्ने क्षमता रहेको बताएकाछन् । पहिले देखिनै आफुले सुन्दै आएकाउनका सृजनामाउत्कृष्टता भेटिने बताउँदै उनले यसपटकपनिथापाले आफुलाई अब्बल सावित गरेको बताए । यस्तै गीतकार गुरुङ शब्दको खानी रहेको भन्दै उनले हरेक भावकागीतमाउत्कृष्टशब्द रचनागर्न सफलभएको बताए ।

यस्तै संगीतकार संघ नेपालकाउपाध्यक्षअष्टलामाले आफु ब्यक्तिगत रुपमापनि संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । बिभिन्नबिधाकागीतमाउनले उत्तिकै शशक्त रुपमा संगीत सृजनागर्ने गरेको उनको भनाई छ । उनले गीतकार गुरुङले बिदेशीभूमिमा रहेर पनि नेपाली संगीतप्रति देखाएको माया र सदभाबले सम्पूर्ण संगीतकर्मी गौरवान्वितभएको बताए । यस्तै गीतकार संघ नेपालकाअध्यक्षबसन्तबित्यासीथापाले विसम परिस्थितिमापनिनिरन्तर रुपमा संगीतमालगानी गरेर गीतकार गुरुङले नेपाली संगीतमामहत्वपूर्ण योगदानदिएको जनाएकाछन् । उनले पछिल्लो समय फिजिकलमार्केट कमहुँदै गर्दा पनिएल्वमप्रकाशन गरेर नेपाली संगीतलाई गीतकार गुरुङ र संगीतकार थापाले तिर्नै नसकिने गुनलगाएको बताए । एउटागीतकारको भावलाई संगीतकारले जीवनदिने भन्दै उनले शब्दमाप्राणभर्न संगीतकार थापाजहिले सफल रहने गरेको जनाए ।

कार्यक्रममा संगीतकार थापाले सार्वजनिकदुई एल्वमहरुको बारेमाप्रष्टपारेका थिए । उनले अतिथीहरुले आफ्ना सृजनाप्रतिदिएको प्रतिक्रियाले आफु उत्साहितभएको बताए । उनले निरन्तर रुपमाआफुलाई विश्वास गरेर संगीत सृजनाको जिम्मेबारी दिनुहुने अम्बिका गुरुङ प्रतिआभार प्रकटगरेका छन् । यस्तै गीतकार अम्बिका गुरुङले आफुले सयभन्दाबढीगीतमा संगीतकार थापासँग सहकार्य गरिसकेको जनाइन । सयभन्दाबढीगीतमा सहकार्य गर्दै गर्दा आफुहरुको सहकार्यलाई कृतिका रुपमाएल्वममार्फत सार्वजनिक गरेको उनको भनाई छ । उनले शंकरको संगीत सृजनाउत्कृष्ट रहने भएकैले निरन्तर रुपमा सहकार्य गरिरहेको जनाइन ।

सार्वजनिकएल्बमहरु मध्ये ‘भाव’मायो मनले भन्छ, आँखाखोल्दा, सँग सँगै, आँखानलागोस, मात्तिएको बेला, अजम्बरी पिरती, रुपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउनखोज गरि १० वटागीतहरु समावेश छन् । यस्तै ‘अनुपमयात्रा’मा देखिनतिमीजस्तो कोही, सदियौं देखि, तिमी सँगै, भुल्न सकिन, कारणतिमी, तिमीटाढा, गुराँसैको फूलफुल्दा, बुझाउँ कसरी र कारणतिमी (फिमेल भर्सन) गरि ९ वटागीतहरु समावेश छन् । सार्वजनिकदुबै एल्वमहलाई भावसागर इन्टरटेनमेण्ट एलएलसीले उत्पादनतथाबजार व्यवस्थापन गरेको हो ।

दुईएल्वमकागरि पाँचवटाम्युजिकभिडियोहरु सार्वजनिकगरिएको समारोहमा बरिष्ठचलचित्र सम्पादक नरेन्द्र खड्का, पहिलो महिलानिर्देशक सुचित्राश्रेष्ठ, लगायतएल्वमकागीतमा स्वर दिएकागायकगायिकातथामोडलहरुको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।