sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सेमिफाइनल पुग्न न्युजिल्यान्डलाई जित्नै पर्ने दबाब, आज श्रीलंकासँग खेल्दै

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५७
सेमिफाइनल पुग्न न्युजिल्यान्डलाई जित्नै पर्ने दबाब, आज श्रीलंकासँग खेल्दै

बैंगलोर । आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंकाले न्युजिल्यान्डको सामना गर्नेछ । बैंगलोरको एम चिन्नस्वामी रंगशालामा यो खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।

विश्वकपको सेमिफाइनल पुग्न न्युजिल्यान्डका लागि यो खेल निकै महत्वपूर्ण भएकाले उसलाई जित्नै पर्ने दबाब छ। एक हारले उसको सेमिफाइनल सम्भावना समाप्त हुनेछ।

पछिल्लो समय न्युजिल्यान्डको खेल मौसमले प्रभावित बनेपछि २५ ओभरमा नै पाकिस्तानले जित दर्ता गरेको थियो। पाकिस्तानविरुद्ध चार सय रन बनाए पनि न्युजिल्यान्ड पराजित भएको थियो। त्यसैले खेलमा मात्र होइन आज न्युजिल्यान्ड मौसमसँग पनि सतर्क भएर खेल्नु पर्नेछ।

न्युजिल्यान्डको ब्याटिङ ठिकठाक भए पनि बलिङ युनिटले भने लगातार उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । ट्रेन्ट बोल्ट र टिम साउथीजस्ता खेलाडीले एकै प्रकारको खेल प्रस्तुत गरिरहेका छन्।

यता श्रीलंका भने अघिल्लो खेलमा बंगलादेशसँग हार ब्यहोरेर बाहिरिसकेको छ। श्रीलंकाले जारी प्रतियोगितामा आशातित प्रदर्शन गर्न सकेको छैन। भ्रष्टाचार र अनियमितता गरेको भन्दै त्यहाँको सरकारले श्रीलंकाको बोर्डलाई पनि निलम्बन गरिसकेको छ।

श्रीलंकाका समर्थकले खेलाडीको पनि आलोचना गर्दै आएका छन्। अहिले अंक तालिकामा समान आठ अंक भएका न्युजिल्यान्डसँगै पाकिस्तान र अफगानिस्तान पनि छन्। नेटरनरेटको आधारमा न्युजिल्यान्ड सबैभन्दा अघि छ । पाकिस्तान र अफगानिस्तान दोस्रो र तेस्रो स्थानमा छन्। पाकिस्तान र अफगानिस्तानले पनि आउँदो खेलमा जित दर्ता गरे अन्तिम चारमा जाने सम्भावना रहन्छ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid