May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सेमिफाइनल पुग्न न्युजिल्यान्डलाई जित्नै पर्ने दबाब, आज श्रीलंकासँग खेल्दै

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५७
सेमिफाइनल पुग्न न्युजिल्यान्डलाई जित्नै पर्ने दबाब, आज श्रीलंकासँग खेल्दै

बैंगलोर । आईसीसी विश्वकप क्रिकेटमा आज श्रीलंकाले न्युजिल्यान्डको सामना गर्नेछ । बैंगलोरको एम चिन्नस्वामी रंगशालामा यो खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।

विश्वकपको सेमिफाइनल पुग्न न्युजिल्यान्डका लागि यो खेल निकै महत्वपूर्ण भएकाले उसलाई जित्नै पर्ने दबाब छ। एक हारले उसको सेमिफाइनल सम्भावना समाप्त हुनेछ।

पछिल्लो समय न्युजिल्यान्डको खेल मौसमले प्रभावित बनेपछि २५ ओभरमा नै पाकिस्तानले जित दर्ता गरेको थियो। पाकिस्तानविरुद्ध चार सय रन बनाए पनि न्युजिल्यान्ड पराजित भएको थियो। त्यसैले खेलमा मात्र होइन आज न्युजिल्यान्ड मौसमसँग पनि सतर्क भएर खेल्नु पर्नेछ।

न्युजिल्यान्डको ब्याटिङ ठिकठाक भए पनि बलिङ युनिटले भने लगातार उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । ट्रेन्ट बोल्ट र टिम साउथीजस्ता खेलाडीले एकै प्रकारको खेल प्रस्तुत गरिरहेका छन्।

यता श्रीलंका भने अघिल्लो खेलमा बंगलादेशसँग हार ब्यहोरेर बाहिरिसकेको छ। श्रीलंकाले जारी प्रतियोगितामा आशातित प्रदर्शन गर्न सकेको छैन। भ्रष्टाचार र अनियमितता गरेको भन्दै त्यहाँको सरकारले श्रीलंकाको बोर्डलाई पनि निलम्बन गरिसकेको छ।

श्रीलंकाका समर्थकले खेलाडीको पनि आलोचना गर्दै आएका छन्। अहिले अंक तालिकामा समान आठ अंक भएका न्युजिल्यान्डसँगै पाकिस्तान र अफगानिस्तान पनि छन्। नेटरनरेटको आधारमा न्युजिल्यान्ड सबैभन्दा अघि छ । पाकिस्तान र अफगानिस्तान दोस्रो र तेस्रो स्थानमा छन्। पाकिस्तान र अफगानिस्तानले पनि आउँदो खेलमा जित दर्ता गरे अन्तिम चारमा जाने सम्भावना रहन्छ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट