April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी सर्‍यो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १७:११
नक्कली भुटानी शरणार्थी प्रकरणको पेसी सर्‍यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च अदालत पाटनमा दायर रिटको पेसी फेरि सरेको छ । कानुन व्यवसायीको संख्या अत्यधिक भएको र तिहार बिदाले सुनुवाइ निरन्तर गर्न नमिल्ने भन्दै अदालतले मंसिर ५ गतेलाई पेसी तोक्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासमा २२ निवेदकको आज (बिहीबार) सुनुवाइ हुने भनिए पनि स्थगित गरिएको हो । शरणार्थी प्रकरणका आरोपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डेलगायतले काठमाडौं जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

गत असार १ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि अभियुक्तहरुलाई थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश बदरको माग गर्दै अभियुक्तहरुले उच्च अदालतमा साउन १२ गते निवेदन दर्ता गराएका थिए । त्यसयता पटक-पटक निवेदन पेसीमा चढे पनि कहिले आरोपीका कानुन व्यवसायीको आग्रहमा त कहिले जिल्ला अदालतबाट प्रतिवेदन नआएको भन्दै स्थगित हुँदै आएको छ ।

यसैबीच काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा बिहीबारै नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी राखिएको छ ।

यता नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट गोलामै नपरेपछि आजलाई स्थगित भएको छ ।

सोही विषयमा शारदा कठायत र वन्दना विष्टसहितले सर्वोच्चमा दायर गरेको अर्को रिटमा भने आज सुनुवाइको पेसी तोकिए पनि पालो अनिश्चित छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतसहितले दायर गरेको रिट बिहीबार सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा २९ नम्बरमा परेको छ ।

गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो । त्यसपछि आएको पूर्णपाठमा सर्वोच्चले अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख गरेको थियो ।

चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा गत जेठ १६ गते परेको रिटमा कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेशको माग गरेकी छन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट