July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सिलङ्गी हत्या घटनाका तीनै जना आरोपित पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० २0:४४
सिलङ्गी हत्या घटनाका तीनै जना आरोपित पक्राउ

दैलेख – गएराति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रणमा लिइ हत्या गरेको भनिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री हत्या घटनाका आरोपित तीन जना सबैलाई प्रहरीले पक्राउ गरेको छ ।

भैरबी गाउँपालिका–४ सिलङ्गीका १९ वर्षीय झविन्द्र शाही, २१ वर्षीय धर्मराज अधिकारी र ३२ वर्षीया मनिषा रिजाललाई प्रहरीले शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिनुभयो । दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल आफैँ घटनास्थल पुगेर अनुसन्धान र आरोपित पक्राउ गर्न सफल हुनुभएको हो ।

भैरबी गाउँपालिका–५ सैनचौर ससुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाहीले सिलङ्गीबजारमा मोटरसाइकलमा गालीगलौज गर्दै हिँडेको विषयमा स्थानीय युवाहरुसँग विवादमा झडप भएको थियो ।

झडप नियन्त्रण गरी प्रहरीले घाइतेहरुलाई उपचारका लागि पठाएको थियो । झडपको क्रममा घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पतालमा पुर्‍याएकोमा सामान्य उपचार गरी फर्किएका र किशोर बुढा क्षेत्रीलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी निरीक्षक आचार्यले भन्नुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० २0:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्