May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:२६
झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम शुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्‍याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो।

शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्या एमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बिमा गराउन वार्षिकरूपमा ९५ मात्र बिमा शुल्क लागेको छ । सबै घरको बिमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए।

भारतको आसामबाट हात्ती आउने नेपालको सीमावर्ती पहिलो क्षेत्र नै बाहुनडाँगी हो। विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी हाल मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बिमा सुरु गरिएको वडाध्यक्ष कार्कीले बताए।

वडाका सबै परिवारलाई घर बिमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार ३०२ परिवारमध्ये ६५९ मात्र बिमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिए।

‘कुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बिमामा समावेश हुन आह्वान गरेका थियौँ’, उनले भने, ‘तर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन । जो–जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बिमा गरेका छौँ ।’ छुट भएका घरलाई पछि समावेश गर्ने उनले बताए।

वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बिमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम (आरआरटी)को रूपमा तालिम दिएर खटाएको वडाध्यक्ष कार्कीले बताए।

हात्ती धपाउने कार्य रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको पाँच लाख रुपैयाँको जीवन बिमा गरेको उनले जानकारी दिए। बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गत वर्षदेखि हात्ती नियन्त्रणमा युवाको उक्त समूहलाई परिचालन गर्न थालिएको हो।रासस

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट