April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:२६
एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् ।

अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर छ । गीतमा बाबुल गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्द छ ।

मनोरञ्जनात्मक र नृत्य शैलीको यो गीतको भिडियोमा तीन जोडीको रुपमा रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई प्रस्तुत गरिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लिको संयुक्त प्रस्तुति रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् ।

शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन् । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ । यसको छायांकन फिल्म क्रियू नेपालका निर्देशक विष्णु कल्पितले गरेका हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।