March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा? मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

एक दशकदेखि बेवारिसे व्यक्तिको भकुण्डेबाट उद्धार

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २१:२३
एक दशकदेखि बेवारिसे व्यक्तिको भकुण्डेबाट उद्धार

काभ्रे : नमोबुद्ध नगरपालिकाको भकुण्डे बजार क्षेत्रमा झण्डै एक दशकदेखि बेवारिसे अवस्थामा बस्दै आएका एक वृद्धको उद्धार गरिएको छ । नगर प्रमुख टिपी शर्मा तिमल्सिना लगायत जनप्रतिनिधि र स्थानीय समाजसेवीको पहलमा उनलाई उद्धार गरी मानव कल्याण समाज काभ्रे शाखामा पठाइएको छ । अन्दाजी ६० बर्षका ती वृद्ध भकुण्डे क्षेत्रमा मागेर हिँड्ने गर्दथे ।

भारतको महाराष्ट्र घर बताउने उनको स्वास्थ्य उपचारको व्यवस्था नगरप्रमुख तिमल्सिनाको पहलमा मेथिनकोट अस्पतालमा हुने गरेको थियो । नगर प्रमुख तिमल्सिनाले उनलाई लत्ताकपडा लगायतको व्यवस्था गरिदिएका थिए । पछिल्लो समय मेथिनकोट अस्पतालमै उपचारको क्रममा रहेका उनी केही दिनयता फेरि अस्पतालबाट निस्किएर सडकमा आइपुगेका थिए ।

ती वृद्धको उद्धारका लागि नमोबुद्ध नगरपालिका ७ का वडाअध्यक्ष धर्मसिं लामा, समाजसेवी शंकर गिरी, प्रहरी चौकी भकुण्डेको टोली समेत खटिएको थियो । स्थानीय समाजसेवी गिरीले लामो समयदेखि उनलाई खानपानमा सहयोग गर्दै आएका थिए । गिरी लगायतको टोलीको नेतृत्वमा उनलाई केही दिनअगाडि मेथिनकोट अस्पतालमा उपचारका लागि लागिएको थियो ।

आइतबार साँझ मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंसहितको टोली भकुण्डे पुगेर उनलाई धुलिखेलस्थित समाजको सेवाघरमा ल्याइएको छ । अब उनको खानपानदेखि सबै व्यवस्था उक्त सेवाघरबाट हुने अध्यक्ष चौलागाईंले बताइन् । उनको स्वास्थ्य अवस्था नाजुक रहेको र भोलीबाटै थप उपचारका लागि प्रक्रिया सुरु गरिने चौलागाईंको भनाई छ ।

मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा २५ जना रहेका छन् भने केन्द्रीय कार्यालयमा ५० जनाले आश्रय लिइरहेका छन् । सडकमा बेवारिसे अवस्थामा पुगेकालाई पुनस्र्थापना गर्ने र अन्य मानिसलाई सडकमा जान नदिन विभिन्न कार्यक्रमहरु समाजले गरिरहेको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाले ती वृद्धको उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । बेसहारा व्यक्तिका लागि विगतमा पनि नगरपालिकाले सहयोग गर्दै आएको र अबका दिनमा पनि सहयोग जारी राख्ने तिमल्सिनाले बताएका छन् ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २१:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?