sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विप्लवसँग हामि छिट्टै मिल्छौं : प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:0४
विप्लवसँग हामि छिट्टै मिल्छौं : प्रधानमन्त्री
  • ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा प्रधानमन्त्री हर्षित 
  • एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व
  • विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै

काठमाडौं ।।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा हर्ष लागेको सुनाए । “झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ ।

जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो,” उनले भने, “थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु ।” उनले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएको बताउँदै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकताबद्ध हुने बताए । “शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं । अहिले क्रमशः एकताको आधार तयार हुँदै छ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकताबद्ध हुन्छौँ,” उनले भने ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid