sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२८
७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

यतिबेला दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना चर्चामा छिन्। उनी ‘डिपफेक’ भिडिओका कारण चर्चामा आएकी हुन्।

सन् २०१६ बाट कन्नड फिल्म ‘किरिक पार्टी’ बाट अभिनय सुरू गरेकी रश्मिकाले हालसम्म २० वटा फिल्ममा काम गरेकी छन्। जसमा उनको १३ फिल्म हिट छन्।

उनको डेब्यू फिल्म ‘किरिक पार्टी’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ४ करोडमा बनेको फिल्मले ५० करोड भारू कमाएको थियो। यो फिल्म सन् २०१६ मा सबैभन्दा धेरै कमाउने कन्नड फिल्म बनेको थियो।

यसपछि उनी ‘अञ्जनीपुत्र, चमक, चलो, गीता गोविन्दम, यजमान, सरिलेरू निकेवरू, भीष्म, पोगारू, सुल्तान, सीता रामम र वरिसु’ जस्ता फिल्ममा देखिन्।

उनको दक्षिण भारतीय फिल्म ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ खुब रूचाइएको थियो। उनी फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा ‘पुष्पा’ ले पूरा भारतभर फैलायो।

उनले सन् २०२२ मा फिल्म ‘गुडबाय’ बाट बलिउडमा डेब्यू गरिन्। यो फिल्मले भने व्यापारिक सफलता पाउन सकेन

रश्मिकालाई नेशनल क्रश पनि भनिन्छ। उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन्। उनै रश्मिका एक फिल्मबाट ३ देखि ४ करोड भारू पारिश्रमिक लिन्छिन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनको कुल सम्पत्ति ४३ करोड भारू छ। उनको कर्नाटक, मुम्बई, हैदराबाद र गोवामा घर छन्। साथै उनीसँग १ करोड भारूसम्मका ४ वटा गाडी समेत छन्। उनले फिल्म क्षेत्रबाटै ४३ करोड भारू कमाएकी हुन्।

रश्मिका आगामी फिल्म ‘एनिमल’ प्रदर्शनको पर्खाइमा छिन्। फिल्म डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid