May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

अमेरिकाको लागि डीभी आवेदन खुला, कात्तिक २१ सम्म भर्न सकिने

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:३६
अमेरिकाको लागि डीभी आवेदन खुला, कात्तिक २१ सम्म भर्न सकिने

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर आज राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो । कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ । अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ । आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ ।

आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न र जसले सहयोग उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि आवेदक स्वयं जिम्मेवार हुने जनाइएको छ ।

सन् २०२५ को डीभी कार्यक्रमका लागि डीभी प्रोग्राम डटस्टेट डटजीओभीमा गएर आवेदन भर्न सकिने जनाइएको छ । डीभी भर्दा पतिपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य भएको उल्लेख छ ।

त्यसैगरी, एक जनाका लागि एउटा आवेदन दिन पाइनेछ । डीभी भर्नका लागि हालसालै खिचिएको फोटो आवश्यक पर्नेछ । दूतावासले अघिल्ला वर्षमा डीभी भर्न वैध र म्याद बाँकी रहेको राहदानी आवश्यक भएको भनेपनि अहिले म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य नभएको जनाएको छ ।

अमेरिकाले डीभी कार्यक्रम मार्फत हरेक वर्ष हजारौं विदेशीलाई अमेरिकामा स्थायी बसोबासका लागि अनुमति दिंदै आएको छ । यो कार्यक्रम मार्फत हजारौंको संख्यामा नेपाली अमेरिका पुग्ने गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट