April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२८
७ वर्षमा रश्मिकाले कमाइन् ४३ करोड

यतिबेला दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना चर्चामा छिन्। उनी ‘डिपफेक’ भिडिओका कारण चर्चामा आएकी हुन्।

सन् २०१६ बाट कन्नड फिल्म ‘किरिक पार्टी’ बाट अभिनय सुरू गरेकी रश्मिकाले हालसम्म २० वटा फिल्ममा काम गरेकी छन्। जसमा उनको १३ फिल्म हिट छन्।

उनको डेब्यू फिल्म ‘किरिक पार्टी’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। ४ करोडमा बनेको फिल्मले ५० करोड भारू कमाएको थियो। यो फिल्म सन् २०१६ मा सबैभन्दा धेरै कमाउने कन्नड फिल्म बनेको थियो।

यसपछि उनी ‘अञ्जनीपुत्र, चमक, चलो, गीता गोविन्दम, यजमान, सरिलेरू निकेवरू, भीष्म, पोगारू, सुल्तान, सीता रामम र वरिसु’ जस्ता फिल्ममा देखिन्।

उनको दक्षिण भारतीय फिल्म ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ खुब रूचाइएको थियो। उनी फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा ‘पुष्पा’ ले पूरा भारतभर फैलायो।

उनले सन् २०२२ मा फिल्म ‘गुडबाय’ बाट बलिउडमा डेब्यू गरिन्। यो फिल्मले भने व्यापारिक सफलता पाउन सकेन

रश्मिकालाई नेशनल क्रश पनि भनिन्छ। उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन्। उनै रश्मिका एक फिल्मबाट ३ देखि ४ करोड भारू पारिश्रमिक लिन्छिन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनको कुल सम्पत्ति ४३ करोड भारू छ। उनको कर्नाटक, मुम्बई, हैदराबाद र गोवामा घर छन्। साथै उनीसँग १ करोड भारूसम्मका ४ वटा गाडी समेत छन्। उनले फिल्म क्षेत्रबाटै ४३ करोड भारू कमाएकी हुन्।

रश्मिका आगामी फिल्म ‘एनिमल’ प्रदर्शनको पर्खाइमा छिन्। फिल्म डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १६:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।