December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

फिर्केको संरचना नहटाउन उच्च अदालतकाे अन्तरिम आदेश

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १७:0३
फिर्केको संरचना नहटाउन उच्च अदालतकाे अन्तरिम आदेश
  • ३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोक्यो 
  • न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रवार अन्तरिम आदेश जारी

कास्की ।

पोखराको बीच भागबाट बग्ने फिर्के खोला मिचेर बनाएर संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोकेको छ । फिर्के तमु समाज लगायतले दायर गरेको उत्प्रेषण परमादेश रिटमा उच्च अदालत पोखराका न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रवार अन्तरिम आदेश जारी गरेको हो । विभिन्न सङ्घ–संस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिकासमेत पाँच जनालाई विपक्षी बनाइएको थियो । अदालतले तत्काल पोखरा महानगरको सूचनाको कार्यान्वयन नगर्नू/नगराउनू तथा कारण देखाउनू भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता तिलक पराजुलीले जानकारी दिनुभयाे ।

महानगरपालिकाले भवन निर्माण संरचना बनाउँदा यसअघि नक्सापास गरेको स्मरण गराउँदै भत्काउनुपर्ने भए जग्गा प्राप्ति ऐन २०३४ बमोजिम मुआब्जाको व्यवस्था गर्नुपर्ने निवेदकहरूको जिकिर छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल, अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गर्नुभएकाे थियाे । फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना हटाउन कात्तिक १० गते पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको थियो । पोखरा वडा १८ को अँधेरीकुना मुहान भई पोखरा–६ गाईघाटकाे फेवातालमा गएर मिसिने फिर्के खाेला महानगरका वडा २, ४, ५, ६, ७, ८, १७ र १८ भएर बग्ने गर्दछ । फिर्केखोलाको खोलाघरभित्र एक सय ६० संरचना बनेका छन् । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका सङ्घ–संस्थाले संरचना बनाएका छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।