December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

युद्ध शुरु भएको एक महिनामा प्यालेस्टिनी जीडीपी ४ प्रतिशतले घट्यो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १७:0१
युद्ध शुरु भएको एक महिनामा प्यालेस्टिनी जीडीपी ४ प्रतिशतले घट्यो

एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि झन्डै पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ ।

युद्ध शुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया, युक्रेन वा यसअघिका कुनै पनि इजराइल–हमास युद्धमा नदेखिएको आर्थिक असरले चार लाखभन्दा धेरै प्यालेस्टिनी गरिबीमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम तथा पश्चिम एसियाका लागि आर्थिक तथा सामाजिक आयोगले बिहीवार जारी गरेको गाजा युद्धको आर्थिक नतिजाहरूको द्रुत मूल्याङ्कन विशेषतः प्यालेस्टिनीहरूमा द्वन्द्वको विनाशकारी असर देखाउने पहिलो प्रतिवदेन थियो ।

दोस्रो महिनामा पनि युद्ध जारी रहेको अवस्थामा युद्ध शुरु हनुभन्दा अघि २० अर्ब ४० करोड अमेरिकी डलर रहेको प्यालेस्टिनी जीडीपी आठ दशमलव चार प्रतिशतले घटेर एक अर्ब ७० करोड डलरले नोक्सान हुनेछ । त्यसैगरी युद्ध तेस्रो महिनासम्म भयो भने दुई अर्ब ५० करोड डलरको नोक्सानका साथ जीडीपीमा १२ प्रतिशतले कमी आउने र छ लाख ६० हजार नागरिक गरिबीको चपेटामा पर्ने अनुमान गरिएको छ ।

राष्ट्रसङ्घीय विकास कार्यक्रमका सहायक महासचिव अब्दुल्ला अल दरदारीले पत्रकार सम्मेलनमा वर्षको अन्त्यमा १२ प्रतिशतको जीडीपी घाटा ‘ठूलो स्तरको र अभूतपूर्व’ हुने बताउनुभयो । उहाँका अनुसार सिरियाली अर्थतन्त्रले आफ्नो सङ्घर्षको चरम अवस्थामा प्रतिमहिना जीडीपीको एक प्रतिशत गुमाउँछ । त्यसैगरी जीडीपीको ३० प्रतिशत गुमाउन युक्रेनलाई सङ्घर्ष गर्न डेढ वर्ष लागेको छ ।

पश्चिम एसियाका लागि संयुक्त आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव रोला दस्तीका अनुसार सन् २०२३ को शुरुमा प्यालेस्टिनी क्षेत्र (पश्चिम किनार र गाजा) लाई प्रतिव्यक्ति प्रतिदिन छ अमेरिकी डलरको गरिबीस्तरका साथ निम्नमध्यम आम्दानी भएको अर्थतन्त्र मानिन्थ्यो ।

प्रतिवेदनअनुसार जनवरीमा गाजाले पहिलादेखि नै झन्डै ४६ प्रतिशतको उच्च बेरोजागारीसँग सङ्घर्ष गरिरहेको थियो । यो पश्चिम किनारको १३ प्रतिशतभन्दा झन्डै तीन गुणा बढी थियो । तर केही हप्ताको युद्धले हजारौँ नोकरी गुमेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘युद्ध एक महिनाको नजिक पुगेसँगै गाजामा ६१ प्रतिशत अर्थात् एक लाख ८२ हजार नोकरी खोसिएको अनुमान छ, पश्चिम किनारमा झन्डै २४ प्रतिशत अर्थात् दुई लाख आठ हजार रोजगारी गुमेको छ ।’

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।