May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १७:४९
गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड

गुल्मी । नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले गुल्मी जिल्लामा भएको आगलागी बाट पीडित पूर्णरूपमा विस्थापित घरपरिवारलाई तत्काल स्थायी घर निर्माण गरिदिन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्नु भएको छ ।

आज एक विज्ञप्तीमार्फत एमालेका युवा नेता अर्यालले लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रण गर्न चालू आवमा विनियोजित एक करोड भन्दा बढी रकम र डिभिजन वन कार्यालयले खर्च गरेको करिब पाँच लाख रुपैयाँको खर्च कहाँ – कहाँ भयो र परिणाम के भयो ? त्यस्को खोजविन हुनुपर्ने पनि बताउनु भएको छ ।

अर्यालले भन्नू भएको छ – गुल्मीमा करिब १२ सय हेक्टरमा आगलागी भएको छ । यसबाट वनजंगल डढेलोमय बनेको छ । ६० भन्दा बढी घरपरिवार पूर्णरुपमा विस्थापित हुन पुगेका छन् । ती परिवारका घरमा रहेका भाडाकुडा , लत्ताकपडा ,अनाज र गोठ सहित चौपाया सखाप भएका छन् । आगलागी बाट विस्थापित घरपरिवार अहिले बिचल्लीमा छन् । जो अहिले छिमेक र नातापाताको सहारामा छन् । तत्काललाई विभिन्न ब्यक्ति , संघ सस्थाले जीवनको दैनिक गर्जो टार्ने सहयोग पुर्याएका छन् । तत्काल सघाउ पुगेपनि स्थायी घरको चिन्ताबाट ग्रसित देखिन्छन् ।

यसर्थ स्थानीय तह,प्रदेश सरकार र संघीय सरकारले विस्थापितहरुका लागि तत्काल स्थायी घर निर्माणमा पूर्णआर्थिक सहयोग गर्दै वर्षायाम अगावै आफ्नै घरमा बस्ने प्रवन्ध मिलाउन आग्रह गर्दछु । साथै लुम्बिनी प्रदेश सरकारले डढेलो नियन्त्रणका लागि चालू आवमा विनियोजित एक करोड भन्दा बढी रुपैयाँ के- के मा र कहाँ -कहाँ खर्च भयो ? त्यस्को परिणाम के देखियो ? गुल्मीमा डढेलो नियन्त्रणका लागि डिभिजन बन कार्यालय गुल्मीको करिब पाँच लाख रुपैयाँ कहाँ खर्च भयो ?यस्को खोजबिन गर्न जरुरी छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।