May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० ११:१६
विश्व कप क्रिकेटमा आज अस्ट्रेलिया र बङ्लादेश तथा पाकिस्तान र इङ्ल्यान्ड खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् ।

अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्नेछैन । तर बङ्लादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनाेट हुन यो खेलमा जित आवश्यक छ । बङ्लादेश आठौँ स्थानमा छ ।

आज हुने अर्को खेलमा दिउँसो सवा दुई बजे पाकिस्तान र इङ्ल्यान्ड खेल्दैछन् । यो खेल इडेन गार्डेनमा हुनेछ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जितकाे आवश्यक छ । अङ्कतालिकामा सातौँ स्थानमा रहेको इङ्ल्यान्ड सेमिफाइनल होडबाट बाहिरिसकेको छ ।

आजको खेल हारे पनि च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना छ । विश्व कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २५, २०८० ११:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।