May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

रास्वपाले इलाम २ का लागि लिम्बूको उम्मेदवारी घोषणा गर्दै

  • साझा परिवेश
  • शनिबार, चैत्र १७, २०८० 0९:0४
रास्वपाले इलाम २ का लागि लिम्बूको उम्मेदवारी घोषणा गर्दै

रास्वपाले इलाम २ का लागि लिम्बूको उम्मेदवारी घोषणा गर्दै
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज इलाम–२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले दलबलसहित दिउँसो १ बजे चोक बजारस्थित लाँकुरी चौतारामा उम्मेदवारी घोषणा गर्न लागेको हो ।

रास्वपाले बिहीबार मात्रै इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह–प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन् । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव लिम्बुले केहि दिन अघि मात्र प्रेस सेन्टरको जिम्मेवारीबाट अलग भएको भन्दै उम्मेदवारी घोषणा गरेका थिए । उपनिर्वाचनको मिति तय भएपछि अध्ययनका लागि केहि दिन अघि इलाम आएका रास्वपा नेताहरुले इलाम–२ का लागि जनजाति उम्मेदवार उपयुक्त हुने निष्कर्ष निकालेको थियो । जनजाति अनुहार खोजीरहेको रास्वपाले बिहीबार लिम्बुलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १७, २०८० 0९:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।