sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चुरे फेदीमा जंगली हात्तीको त्रास

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:५४
चुरे फेदीमा जंगली हात्तीको त्रास
  • कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध
  • हात्ती हिँडने बाटामा सीसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने
  • हात्ती हिँड्ने करिडोर अतिक्रमणको चपेटामा पर्दा बर्सेनि मानवीय र भौतिक क्षति 

कञ्चनपुर।।

जङ्गली हात्तीको हुल बढ्न थालेपछि कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध गरिएको छ । मानवीय क्षति हुन नदिनका लागि वन प्रवेशमा रोक लगाइएको हो । हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले वन क्षेत्रसँगै नजिकका बस्तीमा ओहोरदोहोर गर्दै आएकाले वन क्षेत्र प्रवेशमा निषेध गरिएको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए। ‘घाँस, दाउरा, गाईगोरु, बाख्रा चराउन वन क्षेत्रमा जान निषेध गरेका छौं”, उनले भने,’सामुदायिक वन क्षेत्र भएर हिँडने बटुवालाई बाटो प्रयोग नगर्नका लागि भनेका छौँ ।’ प्रजननका बेला मत्तहात्ती आक्रामक हुने भएकाले आक्रमण गर्ने सम्भावना हुने भएकाले वन क्षेत्र प्रवेश रोक्नका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए । हात्ती हिँडने बाटामा सीसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने कामसमेत भइरहेको उनले बताए।

“वन संरक्षणमा टेवा पुगेपछि हराभरा भएको छ”, वडा सदस्य लालबहादुर महराले भने, ‘मौसमीरूपमा मात्रै भारतीय दुधुवा नेशल पार्कबाट यहाँ आइपुग्ने हात्तीका बथान वर्षभरि नै चुरे क्षेत्रका वनमा बस्न थालेका छन् ।”  हात्तीले चुरे क्षेत्रलगायतका वनमा बस्ने र प्रजनन गरी छावासमेत जन्माउने गरेका छन् । हात्ती हिँड्ने करिडोर अतिक्रमणको चपेटामा पर्दा बर्सेनि मानवीय र भौतिक क्षति हुँदै आएको उनको भनाइ छ ।दुधुवाबाट चुरेसम्म हिँड्ने हात्तीको करिडोर बचाउन र अतिक्रमण हटाई त्यसमा बसेका बासिन्दालाई अन्यत्र पुनःस्थापन गरिनुपर्ने उनको भनाइ छ । यस्तो गरिए मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ । प्रत्येक हात्तीको बथानमा पुरानो हात्ती पनि रहने गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अबस्थी बताए।

“पहिलेदेखि नै जुन बाटोको प्रयोग पुर्खाहरूले गर्दै आएका हुन् त्यही बाटोको प्रयोग अरु हात्तीले गर्दछन्”, उनले रासससँग भने , “हात्ती हिँड्ने बाटोमा बस्ती बसेका छन्, उखु र जाड, मदिरा हात्तीले बढी मन पराउने भएकाले जुन खेतमा उखु छ, जुन घरमा मदिरा जाँड छ, त्यही घरमा बढी आक्रमण गरेको पाइएको छ ।” उनका अनुसार दुधुवा नेशनल पार्क हुँदै हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा प्रवेश गर्ने पुरानै करिडोरका रूपमा रहेको छ । दुधुवा र लालझाडी जोड्ने डोकेबजारको तीन सय मिटर क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । “अतिक्रमणमा परेको क्षेत्रमा दर्तावाला जग्गा छ, बस्ती हटाउन मुआब्जा दिनुपर्ने हुन्छ”, उनले भने, “त्यसका लागि पहल गरिए पनि कार्य हाल अगाडि बढ्न सकेको छैन ।” हात्ती चुरे क्षेत्रलगायमा वर्षैभरि बस्नुमा वन क्षेत्रमा वृक्षरोपण गरी हराभरा हुनु, पर्याप्त आहाराको व्यवस्था हुनु, सिमसार क्षेत्रको संरक्षण गरिनुलगायत रहेको उहाँले उल्लेख गर्नुभयो । हात्तीले चुरे क्षेत्रमै छावा जन्माए आठ- नौ महिना हुर्काउनका लागि त्यसै क्षेत्रमा बस्ने गर्दछ ।

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid