May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

ऋण तिर्न हजारको नोट फोटोकपी, पठाओ चालकले नक्कली नोट थाहा पाएपछि सेनाका ‘मोची’ पक्राउ

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १४:२४
ऋण तिर्न हजारको नोट फोटोकपी, पठाओ चालकले नक्कली नोट थाहा पाएपछि सेनाका ‘मोची’ पक्राउ

काठमाडौं । नेपाली सेनाको ‘मोची’ पदमा कार्यरत एक कर्मचारी नक्कली नोट कारोबार गरेको अभियोगमा पक्राउ परेका छन्।

सेनाको पुरानो गोरख गण नारायणहिटीमा कार्यरत विरेन्द्र कुमार रामलाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको हो। उनी विरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ। प्रहरीसँगको बयानमा उनले साहुको ऋण तिर्नको लागि नक्कली नोटको कारोबारमा लागेको बयान दिएका छन्।

२०७४ जेठ २० गते उनी नेपाली सेनाको मोची पदमा भर्ना भएका थिए। गत असोज २८ गते प्रहरी वृत्त दरवारमार्गको टोलीले उनलाई नक्कली नोट सहित पक्राउ गरेको थियो।

असोज २६ गते साँझ उनी गौशाला नजिकैबाट पठाओ बुक गरेर ठमेल गएका थिए। तर, दरबारमार्गमा महेन्द्र सालिकमा आएपछि पठाओ चालकलाई आफू त्यहिँ उत्रिने भने। त्यसपछि उनले पठाओ चालकलाई एक हजारको नोट थमाएका थिए। तर नोट नक्कली भएको शंका लागेपछि चालकले प्रहरीलाई खबर गरेका थिए।

‘आफूसँग भएको पैसा फोटोकपी गराई साहुको ऋण तिर्ने सोच बनाएर फोटोकपी गराएको हुँ,’ प्रहरीसँगको बयानमा भनेका छन्।

प्रहरीको अनुसन्धानमा उनले सुन्धारा सप्लायर्स नामक स्टेसनरीमा फोटोकपी गरेको देखिएको छ। प्रहरीले स्टेसनरीका संचालक विकल श्रेष्ठलाई समेत पक्राउ गरेको छ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।