April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

सानो उमेरमा नै टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १२:४१
सानो उमेरमा नै टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णय
  • २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिने  
  • टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने निरन्तर खेल्ने
  • श्रीलंका क्रिकेट बोर्डले हसरंगाको सन्यास लिने निर्णय स्वीकारे 

 काठमाडौं ।।

श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

उनले सेतो बल फम्र्याट अर्थात टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय फम्र्याटमा भने निरन्तर खेल्नेछन् । हाल क्रिकेट जगतमा उत्कृष्ट लेगस्पिनर तथा अलराउन्डरको छवि बनाएका हसरंगाले २०२० मा दक्षिण अफ्रिकाविरुद्ध सेन्चुसरियनमा टेस्टमा डेब्यू गरेका थिए ।

उनले ४ टेस्ट खेलमा १९६ रन बनाउनुको साथै चार विकेट लिएका छन् । उनले पछिल्लो पटक २०२१ अप्रिलमा बंगलादेशविरुद्ध घरेलु मैदान पालेकेलेमा अन्तिम टेस्ट खेल खेलेका थिए ।

उनले ४८ ओडीआई खेलमा ६७ विकेट लिएका छन् । ब्याटिङतर्फ उनले ४ अर्धशतकसहित कुल ८३२ रन बनाएका छन् । त्यस्तै ५८ टी-२०आई खेलमा ५३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् । श्रीलंका क्रिकेट बोर्डले हसरंगाको सन्यास लिने निर्णय स्वीकार गरिसकेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ३०, २०८० १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।