May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

पुरानो कुराको रिसमा कुटाकुट १ जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:५३
पुरानो कुराको रिसमा कुटाकुट १ जनाको मृत्यु
  • दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु
  • रुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको खुलाशा 
  • घटनास्थलमा चप्पल तथा हेलमेट कपडा बरामद

गुलरिया।।

बर्दियाको गुलरिया नगरपालिका – ५ स्थित सन्तोषी-सुहेलवा सडकखण्डमा दुई युवाबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ। झगडाका क्रममा घाइते भएका गुलरिया नगरपालिका -६ निवासी २३ वर्षीय  बरुण घिमिरेको मृत्यु भएको हो। लक्ष्मीपूजाको दिन मध्यरातमा पुरानो विवादलाई लिएर झगडा उत्पन्न भएपछि मारपिटका क्रममा घिमिरे गम्भीर घाइते भएका थिए ।

उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । बरुणले कुटेको पुरानो झगडाको बदलामा पुनःविवाद भएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै पक्षले मादकपदार्थ सेवन गरेको पाइएको छ । फरार रहेका युवाको खोजी भइरहेको  प्रहरीले  जनाएको छ। प्रहरीले घटनास्थल मुचुल्का उठाएको छ । राती साढे १२ बजेतिर घटना भएको हो । घटनास्थलबाट प्रहरीले चप्पल तथा हेलमेट भित्रको कपडा बरामद गरेको छ ।घटनाको थप अनुसन्धान भइरहेको एसपी शाहीले जानकारी दिए ।

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।