April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

इजरायलको आक्रमणले गाजाको प्रमुख अस्पताल नै बन्द

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:0७
इजरायलको आक्रमणले गाजाको प्रमुख अस्पताल नै बन्द
  • गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द
  • सर्जिकल थिएटरमा कम्तीमा २० नवजात शिशु 
  • आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु

काठमाडौं ।।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द भएको जनाएको छ । डब्ल्यूएचओले अस्पताल क्षेत्रमा भइरहेको लगातारको बम विस्फोट र आक्रमणले पहिले नै जटिल अवस्थामा रहेको अस्पताललाई संकटपूर्ण बनाएको बताएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अस्पतालभित्र दुई हजार ३०० भन्दा बढी मानिस रहेको बताएको छ  । बीबीसीले त्यहाँको सर्जिकल थिएटरमा कम्तीमा २० नवजात शिशु रहेको जनाएको छ ।

इजरायली सेनाले अस्पतालबाट बच्चाहरूलाई सुरक्षित ठाउँमा सार्न मद्दत गर्ने बताएको छ । तर, अस्पतालमा विद्युत कटौती भएको कुरा अस्वीकार गरेको छ  । इजरायलका राष्ट्रपति इसाक हर्जोगले अस्पताल भवनमुनी हमासको अखडा रहेको बताएका छन् । हमासले यो आरोप अस्वीकार गरेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्धक बनाइएको इजरायलले जनाएको छ । गाजामा ११ हजारभन्दा बढीको ज्यान गएको र त्यसमा चार हजार ५०० भन्दा बढी बालबालिका भएको बताइएको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।