April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

बाढीका कारण ४६ जनाको ज्यान गयो

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १0:५२
बाढीका कारण ४६ जनाको ज्यान गयो
  • केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गयो 
  • अरु भौतिक रुपमा पनि ठूलो क्षति
  • आउँदाे जनवरीसम्म नै वर्षा हुनसक्ने मौसम विभागको अनुमान

काठमाण्डौ ।।

केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यहाँ हजारौँ नागरिका विस्थापित भएका आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले बताउनुभएको छ ।  सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वी क्षेत्रमा माकुएनी, कितुई, पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् ।

केन्या सरकाले गारिसा, कितुई  ताना नदी तीन काउन्टीमा सुरक्षा सावधानी जारी गरेको छ । ताना र आठ नदी विकास प्राधिकरण (टार्डा) ले लगातारको वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको हो । केन्याको मौसम विभागले आउँदाे जनवरीसम्म नै वर्षा हुनसक्ने अनुमान गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट