May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

सोलुखुम्बुका मृगौला पिडित कामे मगर बचाउ अभियान सुरु गरिने

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:१३
सोलुखुम्बुका मृगौला पिडित कामे मगर बचाउ अभियान सुरु गरिने

काठमाडौँ । सोलुखुम्बुका  कामे मगर बचाउ अभियान सुरु गरिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सोलु बालकल्याण अनाथालय संस्था सञ्चालन गर्दै आएका  मगरको दुवै मृगौला फेल भएपछि उनलाई बचाउन अभियान सुरु गरिने भएको हो ।

परिवारको आर्थिक अवस्थ कमजोर भएकोले कामे मगरको उपचारमा समस्या भएको परिवार स्रोतले बताएको छ । २०६८ सालदेखि अनाथ, बेसहारा, गरिब, अपाङ्गता भएका बालबालिकाहरुको बुबा बनेर सहारा दिई रहेका उनको उपचारका आर्थिक सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंकमा रहेको उनको  खाता नम्बर ११००१०००२१२१८०१० मा रकम जम्मा गर्न सकिने परिवाले जनाएको  छ  ।

करिब १२ बर्ष अघिदेखि अनाथालय सञ्चालन गरेर २० जना भन्दा बढी अनाथ बालबालिकाहरुलाई सेवा दिँदै आइरहेका ४५ बर्षिय मगर बिगत १ वर्ष अगाडीदेखि  विरामी परेका थिए । उपचारका लागि अस्पताल धाए पनि रोग पत्ता नलाग्दा उनी झन चिन्तित हुँदै आएका थिए ।

केही समय अगाडी उपचारको लागि भारतमा गएर उपचार गर्दा  एक महिना अगाडी मात्र डाक्टरले उनको दुवै मृगौला फेल भएको बताएपछि मगर छाँगाबाट खसेको जस्तो भएर नेपाल फर्किएका थिए  । अहिले उनले मृगौलाको डाइलासिस गराइरहेका छन् ।

सोलिखुम्बुको बिकट गाउँमा जन्मेका उनले पर्यटनको क्षेत्रमा लामो समय समय काम गरेका छन् ।  पछिल्लो समय उनी समाजसेवाको क्षेत्रमा कार्य गर्ने चाहना राखेर बाल आश्रम खोलेर अनाथहरुको अभिभावक बन्दै आएका थिए  । सोलुखुम्बामा जन्मेका उनी हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १३:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।