April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

विवाह गर्ने प्रस्ताव अस्वीकार गर्दा महिलाको हत्या गर्ने एक पक्राउ

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० 0८:५२
विवाह गर्ने प्रस्ताव अस्वीकार गर्दा महिलाको हत्या गर्ने एक पक्राउ

झापा । विवाह गर्ने प्रस्ताव अस्वीकार गरेपछि झापामा एक महिलाको हत्या भएको खुलेको छ । झापा प्रहरीले हत्यामा संलग्न बिर्तामोड नगरपालिका ८ स्थित गरामनी स्थायी घर भई हाल बिर्तामोड ५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । प्रसाईँले अर्जुनधारा नगरपालिका ६ बस्ने ५० वर्षीया माया पुलामी मगरको हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सुरज कार्कीले बताए ।

अविवाहित प्रसाईँ कामको सिलसिलामा भारतको आसाम डिब्लुगढमा १७ वर्ष काम गरी २०७२ सालमा बिर्तामोड फर्किएका थिए । उनी बिर्तामोड ५ स्थित हर्कलाल मार्गको दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थायी रुपमा बस्दै आएका थिए ।

गत माघ ६ गते प्रसाईँको माया र उनको साथी एन राईसँग बिर्तामोडको पश्चिम स्टेण्डमा भेट भएको थियो । त्यसपछि एन राईले प्रसाईँ र मायाबिच शारीरिक सम्बन्ध राख्न सहमति गराएका थिए । प्रसाईँले मायालाई आफ्नै निर्माणाधीन घरको दोस्रो तलामा लगी एक पटक शारीरिक सम्बन्ध राखेका थिए । त्यसको भोलिपल्ट माघ ७ गते मायासँग राति भेट्ने सल्लाह भएको थियो ।

सोही दिन साँझ प्रसाईँले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा ६ पुलचौकमा मायासँग भेटघाट भई गफगाफ गर्दै बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी थप कुराकानी गरेका थिए । कुराकानीको क्रममा प्रसाईँले मायालाई विवाह गर्ने प्रस्ताव राखे । मायाले त्यसलाई अस्वीकार गर्दै प्रसाईँको दाहिने आँखामा हातले हिर्काइन । आँखामा चोट लागेपछि प्रसाईँले मार्ने नियत राखी सडकमा रहेको ढुङ्गा टिपी मायाको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको डीएसपी कार्कीले बताए । प्रसाईँले मायाको हत्या गरी त्यही राखेर फरार भए ।

‘उनले प्रयोग गरेको ढुङ्गा शव रहेको ठाउँबाट उत्तरतर्फको बारीमा फ्याकेको अवस्था भेटिएको थियो,’ डीएसपी कार्कीले भने । घटना भएको पाँच दिनपछि विशेष सूचनाको आधारमा प्रसाईँलाई शनिबार बिर्तामोडबाटै पक्राउ गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाई छ ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० 0८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।