May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज

नेपाल हङकङसँग ९ विकेटले पराजित, फाइनल पुग्न असफल

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १५:११
नेपाल हङकङसँग ९ विकेटले पराजित, फाइनल पुग्न असफल

काठमाण्डौ – चार देशीय महिला टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ । याे हारसँगै नेपाल शृङ्खलाकाे फाइनलमा पुग्न असफल भएको छ । हङकङ र तान्जानिया लगातार २ जितसहित फाइनलमा पुगेका छन् ।

आज बिहीवार भएकाे खेलमा नेपाल घरेलु टाेली हङकङसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे ५७ रनकाे सामान्य लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाएर भेटायाे । हङकङका लागि नताशा मिल्सले ३० र शनजीन शाहजदले २० रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ हङकङकी इकार सहारले ३ र रुचिथा वेङ्कटेशले २ विकेट लिइन् ।

हिजो बुधवार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि शनिवार जापानसँग खेल्ने छ ।

हङकङमा भैरहेको प्रतियोगितामा आयोजक टोलीसँगै नेपाल, तान्जानिया र जापान छन् । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट