April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० 0८:२0
बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् ।

बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् ।

बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् ।

गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर बढाएका थिए । तर गत साउनबाट निरन्तर रुपमा अधिक तरलता भएपछि बैंकहरुमा व्याजदर घटाउने दबाब पर्दै गएको थियो । नेपाल बैंकर्स संघको कार्टेलिङ्गजस्तै रहेको बैंक व्याजदर निर्धारण बैंकहरुले नै गर्न पाउने व्यवस्था भएपछि भदौ यता बैंकहरुको ब्याजदर क्रमिक रुपमा घटिरहेको छ ।

गत भदौसम्म समग्र बैंकहरुले मुद्दतिमा दिने औसत व्याजदर १०।३२५ प्रतिशत रहेकोमा मंसिरका लागि निर्धारण गरिएको औसत व्याजदर ९।६६ प्रतिशतमा झरेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरणअनुसार असोजमा वाणिज्य बैंकको औसत ब्याजदर १०।२६ प्रतिशत रहेको थियो । कात्तिकमा भने ९।९६ प्रतिशत थियो।

क्रमिक रुपमा घटिरहेको व्याजदर पुसमा अझ लगानी योग्य रकम अधिक हुने हुँदा व्याजदर घट्ने प्रक्षेपण गरिएको छ ।

अहिले सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरुमध्ये मुद्दतिमा सवैभन्दा वढी व्याज नेपाल एसबिआइ बैंकले दिंदैछ भने सवैभन्दा कम व्याज एनआइसी एसियाले दिनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० 0८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।